काठमाडौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित जाम्बियाले नेपालमा वाणिज्य दूतावास सञ्चालनमा ल्याएको जनाएको छ ।
जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी इन्जिनियर देश बन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ । इन्जिनियर बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत हुन् ।
नवनियुक्त वाणिज्यदूत बस्नेतले आगामी दिनमा जाम्बिया र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताएका छन् ।
क्यापिटल नेपाल
बिहीबार २७ फागुन २०७७ ०१:१० PM मा प्रकाशित