Kathmandu Zambia
10:22:32pm 06:37:32pm

जाम्बियाको वाणिज्य दूतावास नेपालमा, वाणिज्य दूतमा देश बन्धु बस्नेत

काठमाडौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास संचालनमा ल्याएको छ । उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित जाम्बियाले नेपालमा वाणिज्य दूतावास सञ्चालनमा ल्याएको जनाएको छ ।

जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी इन्जिनियर देश बन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ । इन्जिनियर बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत हुन् ।

नवनियुक्त वाणिज्यदूत बस्नेतले आगामी दिनमा जाम्बिया र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताएका छन्  ।

 

क्यापिटल नेपाल

बिहीबार २७ फागुन २०७७ ०१:१० PM मा प्रकाशित

https://www.capitalnepal.com/news/75267?fbclid=IwAR1gvYX8WeiJ8BiRMd5uhyq_laJ4ZfHbx7_PbHt22UqqVmbWxkCek74Qj3o#.YEnGDBimu58.facebook