Kathmandu Zambia
03:53:36am 12:08:36am

दक्षिण अफ्रिकी मुलुकहरुसँग व्यापार, लगानी र पर्यटन प्रवर्द्धनमा जोड दिन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले नवनियुक्त दक्षिण अफ्रिकाका राजदूत डा.निर्मल विश्वकर्मालाई भेट गरि मुलुकको व्यापार, लगानी र पर्यटन क्षेत्रको विकासमा भूमिका खेलिदिन आग्रह गरेका छन् ।

बुधबार महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ सहित द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति एवं नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत ई.देश बन्धु वस्नेत(अजित) समेतको टोलीले राजदूत डा.विश्वकर्मालाई भेट गरि यस्तो बताएका हुन् ।

हालैमात्र राजदूतमा नियुक्ति पाएका विश्वकर्माले कार्यक्षेत्रमा जान अघि आफ्नो कार्यकालमा आर्थिक कुटनीतिको प्रभावकारी परिचालन मार्फत आपसी लाभ उठाउन के–कसरी कार्य गर्न सकिन्छ सो सम्बन्धमा नेपाली निजी क्षेत्रसंग छलफल गर्न महासंघ सचिवालयमा पुगेका हुन् ।

सो अवसरमा महासंघका पदाधिकारीहरुले नेपालको दक्षिण अफ्रिका सहित अफ्रिकी मुलुकहरूसँग आपसी सम्बन्ध विस्तार गर्न, कनेक्टिकटकी जोड दिन, पर्यटन सहित सांस्कृति आदान प्रदान तथा यी देशहरुसँग नेपालको निजी–निजी क्षेत्र बीचको सम्बन्ध बढाउने कार्यमा जोड दिनुपर्ने डा. विश्वकर्मालाई सुझाव दिएका छन् ।

त्यसैगरी व्यापार, लगानी, पर्यटन प्रवद्र्धन एवं विस्तारका लागि राजदूतावासले हेर्ने सवै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूसँग सहमतिपत्रमा हस्ताक्षर गर्न अधिकतम पहल हुनुपर्ने, नेपालको प्रवद्र्धनमा ती देशहरूमा विशेष प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गर्नुपर्ने, उद्यमी व्यवसायीहरूको प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदानलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने समेत पदाधिकारीहरुले राजदूत विश्वकर्मालाई सुझाव दिएका छन् ।

सो अवसरमा राजदूत विश्वकर्माले आफ्नो कार्यकालमा अफ्रिकन देशहरू र नेपाल बीचको सम्बन्धलाई थप परिणाम दायी बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह हुने भन्दै महासंघबाट प्राप्त सुझावहरूलाई आफूले सक्दो कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

 

काठमाडौं, फागुन २६, २०७७

रातोपाटी संवाददाता

https://ratopati.com/story/171244/2021/3/10/fncci?fbclid=IwAR3xhREknHRoBTasP1X2lrmVp0We-uXEv4m_Zn9XjAqPbc3z5WAjj3jB1F8